काठमाडौंमा नगदसहित पक्राउ परेका एक व्यक्तिमाथि गरिएको अनुसन्धानका क्रममा करिब १.५ अर्ब रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार भएको खुलासा भएको छ। प्रहरीले करिब १५ लाख रुपैयाँ नगदसहित पक्राउ गरेपछि डिजिटल प्लेटफर्ममा भएका कारोबारको विवरणमार्फत ठूलो रकमको लेनदेन पत्ता लगाएको हो। अनुसन्धानका क्रममा अन्य व्यक्तिहरू समेत संलग्न रहेको देखिएको छ र घटनालाई थप गहिराइमा अनुसन्धान भइरहेको छ।
यस घटनाले स्पष्ट देखाउँछ कि डिजिटल कारोबार प्रणाली भएको अवस्थामा ठूला अपराधहरू पनि ट्र्याक गर्न सम्भव हुन्छ। क्रिप्टोमा भएका प्रत्येक ट्रान्जेक्सन डिजिटल रूपमा रेकर्ड हुने भएकाले अनुसन्धानमा वास्तविक तथ्य सजिलै बाहिर आएको हो। तर नेपालमा अझै पनि अधिकांश आर्थिक गतिविधि नगदमा आधारित भएकाले यस्ता अपराधहरू सजिलै लुकाउन सकिन्छ र राज्यले ट्र्याक गर्न सक्दैन। त्यसैले यस्ता अपराध नियन्त्रण गर्न नोट खारेजी र पूर्ण डिजिटल भुक्तानी प्रणाली आवश्यक देखिन्छ। यदि देशभर डिजिटल ट्रान्जेक्सन अनिवार्य गरियो भने प्रत्येक कारोबार रेकर्डमा आउने हुँदा कालो धन, हुण्डी र अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न सहज हुने निष्कर्ष यस घटनाबाट पुष्टि हुन्छ।
पुरा समाचार पढ्नुहोस्: OnlineKhabar