एम्बुलेन्सको दुरुपयोग गर्दै तस्करी : नगद अर्थतन्त्रकै कारण बढ्दै अपराध

एम्बुलेन्स जस्तो अत्यावश्यक सेवाको साधनलाई दुरुपयोग गर्दै तस्करी गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उक्त घटनामा एम्बुलेन्सलाई गैरकानुनी ढुवानीका लागि प्रयोग गरिएको देखिएको छ, जसले आपतकालीन सेवामाथि समेत गम्भीर प्रश्न उठाएको छ।

यस्ता घटना नयाँ होइनन्, यसअघि पनि एम्बुलेन्स प्रयोग गरेर लागूऔषध तथा अवैध सामान तस्करी हुने गरेका उदाहरणहरू भेटिएका छन्। यस प्रकारको अपराधको मूल कारण नगदमा आधारित अर्थतन्त्र हो, जसले लेनदेनलाई गोप्य र ट्र्याक गर्न कठिन बनाउँछ। यदि नोट खारेजी गरिएको भए यस्ता अवैध कारोबार गर्न कठिन हुने थियो र एम्बुलेन्स जस्तो संवेदनशील साधन दुरुपयोग हुने अवस्था आउने थिएन। विगतका सरकारहरूले यस्तो संरचनात्मक सुधार गर्न नसक्नु, वा गर्न नचाहनु, उनीहरू स्वयं यस्ता गतिविधिमा संलग्न वा संरक्षक भएको आशंका गर्न सकिन्छ। अब नयाँ सरकारसँग आशा गरिएको छ कि नोट खारेजी जस्ता कडा कदममार्फत यस्तो अपराध नियन्त्रण गर्नेछ।

पुरा समाचार पढ्नुहोस्: Onlinekhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ