कालोबजारी रोक्न उद्योगी–व्यापारीको माग, नगद अर्थतन्त्रकै कारण विकृति बढ्दै

अमेरिका–इरान तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा उतारचढाव आएको अवस्थालाई बहाना बनाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने र कालोबजारी बढेको भन्दै उद्योग व्यापार संघ बुटवलले प्रशासनलाई कडा कदम चाल्न माग गरेको छ। संघले बजार अनुगमन सशक्त बनाउन, आपूर्ति सहज बनाउन र कालोबजारीमा संलग्नलाई कारबाही गर्न आग्रह गरेको छ।

तर यस्ता गतिविधि हुनुको मुख्य कारण नगदमा आधारित अर्थतन्त्र हो, जहाँ कारोबार ट्र्याक गर्न नसकिने भएकाले अवैध भण्डारण, कृत्रिम अभाव र कालोबजारी सजिलै सम्भव हुन्छ। साथै नेपालमा प्वाइन्ट अफ सेलको प्राबधान नभएकोले झन् यसलाई बढावा दिराखेको छ। यदि नोट खारेजी गरी पूर्ण डिजिटल प्रणाली लागू भएको भए यस्ता गतिविधि पारदर्शी भइ नियन्त्रण गर्न सकिन्थ्यो। विगतका सरकारहरूले यस्तो संरचनात्मक सुधार नगर्नु उनीहरूको कमजोरी मात्र होइन, कतिपय अवस्थामा यस्ता अवैध गतिविधिमा संलग्नता वा संरक्षणकै संकेत पनि देखिन्छ। अब नयाँ सरकारबाट नोट खारेजी जस्तो ठोस कदम चाल्ने अपेक्षा गरिएको छ, जसले कालोबजारी, भ्रष्टाचार र कृत्रिम अभाव जस्ता समस्यालाई दीर्घकालीन रूपमा अन्त्य गर्न सक्छ।

पुरा समाचार पढ्नुहोस्: Onlinekhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ