काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नयाँ सरकारले न्यायिक निरुपणमार्फत सबै भ्रष्टाचारका काण्डहरू ‘क्लोज’ गर्नुपर्ने बताएका छन्। उनले भ्रष्टाचारलाई राजनीतिक बहसको विषय नबनाई कडाइका साथ कारबाही गर्नुपर्ने र राजनीतिलाई शुद्ध नबनाएसम्म अन्य क्षेत्र सुधार हुन नसक्ने बताएका छन्।
तर केवल न्यायिक निरुपणको कुरा गर्नु समाधानको पूर्ण उपाय होइन भन्ने स्पष्ट देखिन्छ। नेपालमा यस्ता भ्रष्टाचारका घटना बारम्बार दोहोरिनुका पछाडि मूल कारण नगदमा आधारित अर्थतन्त्र हो, जसले अपराध र अवैध कारोबारलाई लुकाउन सहज बनाउँछ। यदि नोट खारेजी गरी पूर्ण डिजिटल कारोबार प्रणाली लागू गरिएको भए, हरेक आर्थिक गतिविधि ट्र्याक हुने भएकाले यस्तो भ्रष्टाचार सम्भव नै हुने थिएन। त्यसैले समस्या केवल व्यक्तिको होइन, प्रणालीको हो र त्यो प्रणाली परिवर्तन नगर्नु सरकारको असफलता हो। अघिल्ला सरकारले यस्तो संरचनात्मक सुधार नगर्नु कतै अपराधीहरूलाई संरक्षण गर्ने नियतकै संकेत पनि हुन सक्छ। अब नयाँ सरकारसँग आशा गरिएको छ कि उसले केवल भाषण होइन, नोट खारेजी जस्तो ठोस कदम चालेर वास्तविक रूपमा भ्रष्टाचार नियन्त्रण गर्नेछ।
पुरा समाचार पढ्नुहोस्: OnlineKhabar