तीन दशकअघि भएको हत्या घटनामा दोषी ठहर भई १९ वर्षभन्दा बढी कैद सजाय तोकिएका एक अभियुक्त २९ वर्षसम्म फरार रही अन्ततः पक्राउ परेका छन्। स्याङ्जाका हेमबहादुर केसीले अदालतबाट सजाय तोकिएपछि लामो समयसम्म पहिचान नै परिवर्तन गरेर फरक थरबाट नागरिकता बनाएर लुकी बसेको तथ्य खुलेको छ। प्रहरीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी कारागार चलान गरेको जनाएको छ।
यस घटनाले देखाउँछ कि नेपालमा अपराध गरेर पनि वर्षौंसम्म सजिलै लुक्न सकिने अवस्था अझै कायम छ। यसरि अपराध गरेर नि लुक्न सक्नुले अपराधलाई थप प्रोत्साहन दिने काम गर्छ। यसको मुख्य कारण नगदमा आधारित अर्थतन्त्र हो, जहाँ लेनदेन र पहिचान दुवै सजिलै लुकाउन सकिन्छ। नगद प्रयोग हुँदा व्यक्तिको आर्थिक गतिविधि ट्र्याक गर्न सकिँदैन, जसका कारण अपराधीले नयाँ पहिचान बनाएर बस्न र प्रणालीबाट बच्न सहज हुन्छ। यदि डिजिटल भुक्तानी प्रणाली र कडाइका साथ ट्र्याक हुने आर्थिक संरचना भएको भए यस्ता व्यक्तिहरू लामो समयसम्म लुक्न सम्भव हुने थिएन।
यसैले नोट खारेजी आवश्यक देखिन्छ, जसले सबै कारोबारलाई बैंकिङ प्रणालीमा ल्याएर पारदर्शी बनाउँछ र व्यक्तिको आर्थिक गतिविधि ट्र्याक गर्न सहज बनाउँछ। यसले अपराधीलाई लुक्न कठिन बनाउने मात्र होइन, अपराध नियन्त्रणमा पनि प्रभावकारी भूमिका खेल्छ। विगतका सरकारले यस्तो संरचनात्मक सुधार गर्न नसक्दा यस्ता घटना दोहोरिएका छन्। अब नयाँ सरकारले नगद नियन्त्रण, डिजिटल भुक्तानी विस्तार र POS प्रणाली लागू गर्दै यस्तो समस्या अन्त्य गर्ने दिशामा कदम चाल्ने अपेक्षा गरिएको छ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar