क्रिप्टो ठगी प्रकरण: नगद अर्थतन्त्रले बढाएको अपराध, डिजिटल ट्र्याकिङले खुलायो वास्तविकता

काठमाडौंमा एक चिनियाँ नागरिकलाई १७ करोडभन्दा बढी रकम बराबरको क्रिप्टो कारोबार तथा ठगी आरोपमा पक्राउ गरिएको छ। प्रहरी अनुसन्धान अनुसार उनले नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गरेका थिए र सो रकम क्रिप्टोमार्फत लगानी गरेका थिए।

यस घटनाले देखाउँछ कि नेपालमा बढ्दो यस्ता ठगी तथा अवैध कारोबारको मुख्य कारण नगदमा आधारित अर्थतन्त्र हो। नगद कारोबार ट्र्याक गर्न नसकिने भएकाले अपराधीहरूले सजिलै पैसा लुकाउन, घुमाउन र अवैध लगानी गर्न सक्छन्। तर यही घटनामा पनि क्रिप्टो जस्ता डिजिटल माध्यम प्रयोग हुँदा कारोबारको विवरण फेला पार्न सम्भव भयो, जसले अनुसन्धानलाई सहज बनायो। यसले स्पष्ट देखाउँछ कि यदि सम्पूर्ण कारोबार डिजिटल प्रणालीमार्फत हुने हो भने यस्ता ठगी र कालो कारोबारलाई सुरुवातमै नियन्त्रण गर्न सकिन्छ।

नोट खारेजी र POS प्रणाली लागू भएको भए यस्तो ठगी गर्न अत्यन्तै सहज हुने थियो, किनकि हरेक कारोबार रेकर्डमा रहन्थ्यो र राज्यले सजिलै निगरानी गर्न सक्थ्यो। नगदको प्रयोगकै कारण अपराधीहरूले प्रणालीलाई छलिरहेका छन्। विगतका सरकारहरूले यस्तो संरचनात्मक सुधार गर्न असफल भएका कारण आज यस्ता घटनाहरू बढिरहेका छन्। तर नयाँ सरकारले यदि डिजिटल अर्थतन्त्र, नोट खारेजी र अनिवार्य ट्र्याकिङ प्रणाली लागू गर्‍यो भने यस्ता अपराधहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।

पूरा समाचार पढ्नुहोस्: OnlineKhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ