वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाखभन्दा बढी नगदसहित एक व्यक्ति पक्राउ पर्ने घटनाले फेरि एकपटक नगद अर्थतन्त्रसँग जोडिएको अपराधको गम्भीरता उजागर गरेको छ।
यस्तो प्रकृतिका अपराधहरू नगदको सहज प्रयोग, ट्र्याक गर्न नसकिने लेनदेन र पारदर्शिताको अभावका कारण बढिरहेका हुन्। नगदमा आधारित कारोबारले अवैध रकम सजिलै लुकाउन र ओसारपसार गर्न सम्भव बनाउँछ, जसले चोरी, तस्करी, भ्रष्टाचार र कालो धनलाई प्रोत्साहन गरिरहेको छ। यदि नोट खारेजी लागू भएको भए यस्ता अपराधहरू नियन्त्रणमा आउन सक्थे, किनकि प्रत्येक कारोबार डिजिटल रूपमा ट्र्याक हुने थियो। तर सरकार अझै पनि यस्ता संरचनात्मक सुधारतर्फ गम्भीर देखिएको छैन, जसले गर्दा यस्ता घटनाहरू दोहोरिनु सरकारकै कमजोरी र असफलताको परिणाम हो भन्न सकिन्छ।
पूरा समाचार पढ्नुहोस्: Annapurna post