१९ वर्षपछि सम्भव भएको न्याय : एक प्रतीकात्मक गिरफ्तारी
करिब १९ वर्षअघि एक किशोरीको जघन्य हत्या गरी फरार रहेका अभियुक्त अन्ततः पक्राउ पर्नु नेपाली आपराधिक न्याय प्रणालीका लागि महत्वपूर्ण घटना हो । २०६३ सालमा घटेको उक्त घटनापछि आरोपी लामो समयसम्म प्रहरीको पहुँचबाहिर रहन सफल भएको थियो । अनुसन्धान अनुसार प्रेम प्रस्ताव अस्वीकार भएपछि आक्रोशित भई हत्या गरिएको यो घटना तत्कालीन समयमा दर्ता भए पनि…