८३ करोड रुपैयाँको भ्रष्टाचार आरोप र धरौटी विवाद:धरौटी आदेश, प्रमाण मूल्यांकन र डिजिटल वित्तीय पारदर्शिताको बहस
पोखर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट जारी भएका आदेशहरूले नेपालमा आर्थिक अपराध अनुसन्धान, प्रमाण मूल्यांकन र न्यायिक निर्णय प्रक्रियाको गुणस्तरबारे गम्भीर बहस जन्माएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका केही आदेश विशेषतः अत्यन्त न्यून धरौटी निर्धारण तथा केही प्रतिवादीलाई साधारण तारिखमा रिहा गर्ने निर्णय, न्यायिक सुशासनको मर्मविपरीत रहेको ठहर…