शिक्षा क्षेत्रको भ्रष्टाचार र डिजिटल सुधारको आवश्यकता : विदेशी परियोजना निर्भरता
नेपालको विद्यालय शिक्षा प्रणाली निरन्तर रूपमा विदेशी परियोजना र दातृ निकायको सहयोगमा निर्भर रहँदै आएको छ। विश्व बैंक, एसियाली विकास बैंक, युनिसेफ, युरोपियन युनियनजस्ता संस्थाबाट अर्बौँ रुपैयाँ ऋण र अनुदान प्राप्त भए तापनि शिक्षाको गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि र सार्वजनिक जवाफदेहिता अपेक्षित रूपमा सुधार हुन सकेको छैन। यस असफलताको मूल कारणमध्ये एक वित्तीय अपारदर्शिता र…