कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसाइएका २१ नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको सहकार्यमा उद्धार गरी नेपाल फर्काइएको छ। उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडिया पुगेका थिए र त्यहाँ गैरकानुनी अनलाइन ठगीका काममा लगाइएको तथा धेरैजसो बिना भिसा बसिरहेका थिए भन्ने जानकारी दूतावासले दिएको छ।
यस्ता अन्तर्राष्ट्रिय ठगी, मानव तस्करी र संगठित अपराध प्रायः ठूलो मात्रामा नगद प्रयोग गरेर सञ्चालन हुने भएकाले पैसा सजिलै लुकाउन र ट्रयाक गर्न नसकिने वातावरण बन्छ। त्यसैले भ्रष्टाचार, ठगी, मानव तस्करी र कालो अर्थतन्त्र नियन्त्रण गरेर वास्तविक सुशासन स्थापना गर्न नोट खारेजी जस्तो नीतिगत सुधार अत्यन्त आवश्यक देखिन्छ। नगद प्रणालीले अपराधीलाई सुरक्षित बनाइरहेको अवस्थामा सरकारले नोट खारेजी वा नगद नियन्त्रणतर्फ ठोस कदम नचाल्नु स्वयं सरकारको नीतिगत कमजोरी र जिम्मेवारीबाट पन्छिनु जस्तै देखिन्छ।
पुरा समाचार पढ्नुहोस: (Online Khabar)