ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नवनिर्वाचित सांसद र राजनीतिक दलहरूलाई लोकतन्त्रको आवरणमा हुने भ्रष्टाचार तथा लुटतन्त्र अन्त्य गर्न आग्रह गरेको छ। संस्थाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपाली जनताले सुशासन र समृद्धिको स्पष्ट चाहना व्यक्त गरेको भन्दै सत्ता र शक्तिलाई निजी वा दलीय स्वार्थभन्दा जनहितमा प्रयोग गर्नुपर्ने बताएको छ। साथै नागरिकले दिएको जनादेशको सम्मान गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित गर्न सरकार तथा जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराइएको छ।
यस्ता भ्रष्टाचार र अवैध आर्थिक गतिविधि प्रायः कागजी नगदको प्रयोगमार्फत सहज हुने भएता पनि यसको बारेमा ठुलो चासो देखाएको देखिन्न। भ्रस्टाचार तथा लुटतन्त्र समाप्त गर्न नोट खाजिको उत्तिकै महत्व छ। तसर्थ दिर्घकालिन रूपमा नोट खारेजी जस्ता नीतिगत कदमले भ्रष्टाचार र लुटतन्त्र घटाउन मद्दत गर्न सक्ने बहस पनि आवश्यक देखिन्छ।
पुरा समाचार पढ्नुहोस: (Ratopati)