चितवन–२ बाट प्रतिनिधिसभा सदस्य बनेका रबि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाउँदै चुनावमा जम्मा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। विवरण अनुसार सवारी भाडा, प्रचार सामग्री, इन्धन, गोष्ठी तथा अन्य प्रचारप्रसारमा विभिन्न शीर्षकमा खर्च भएको देखाइएको छ।
निर्वाचन आयोगमा बुझाइएको यस्तो विवरण कानुनी प्रक्रिया भए पनि नेपालमा अझै पनि ठूलो मात्रामा कागजी नगद प्रयोग हुने भएकाले यस्ता खर्च विवरण पूर्ण रूपमा विश्वसनीय छ कि छैन भन्ने प्रश्न उठ्ने गर्छ। नगद कारोबार ट्र्याक गर्न नसकिने हुँदा वास्तविक खर्चभन्दा कम देखाउने, वा अतिरिक्त खर्च लुकाउने सम्भावना रहन्छ। यही कारण निर्वाचन पारदर्शिता सुनिश्चित गर्न नगदमा आधारित अर्थतन्त्र घटाउँदै डिजिटल कारोबार बढाउनु र दीर्घकालीन रूपमा नोट खारेजी जस्ता नीतिगत कदमबारे गम्भीर बहस आवश्यक देखिन्छ।
पुरा समाचार पढ्नुहोस: (Nayapage)