पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ नजिक प्रहरीले करिब २१३ किलो गाँजा बरामद गरेको छ। प्रहरीलाई देखेपछि मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडेर चालक फरार भएको र ट्याक्टरमा रहेको २२ वटा प्लास्टिकका पोकामा गाँजा भेटिएको प्रहरीले जनाएको छ। हाल फरार चालकको खोजी तथा थप अनुसन्धान भइरहेको छ।
यस्ता अवैध कारोबारहरू प्रायः नगद (कागजी नोट) प्रयोग गरेर हुने भएकाले अपराधीहरूले पहिचान लुकाउन सजिलो हुन्छ, जसले लागुऔषध तस्करी, भ्रष्टाचार र कालो अर्थतन्त्रलाई बल पुर्याउँछ। त्यसैले अपराध नियन्त्रणका लागि नगदमा आधारित प्रणाली घटाउँदै डिजिटल भुक्तानी विस्तार गर्नु तथा दीर्घकालीन रूपमा कागजी नोट खारेजी जस्ता नीतिगत कदमहरूबारे बहस आवश्यक देखिन्छ।
पुरा समाचार पढ्नुहोस: (reportersnepal)