नेपालमा महँगो स्वास्थ्य सेवाका कारण प्रत्येक वर्ष करिब ५ लाख नेपाली गरिबी रेखामुनि झर्ने गरेको तथ्य सार्वजनिक भएको छ। सांसद तोषिमा कार्कीले उल्लेख गरेअनुसार उपचार खर्च अत्यधिक महँगो हुँदा धेरै परिवारले ऋण लिन, सम्पत्ति बेच्न वा आर्थिक रूपमा धराशायी हुनुपर्ने अवस्था आएको छ। अध्ययनहरूका अनुसार स्वास्थ्य खर्चका कारण धेरै घरपरिवारको बजेटको ठूलो हिस्सा उपचारमै खर्च हुने हुँदा आर्थिक असमानता र गरिबी थप गहिरिँदै गएको छ।
तर नेपाल सरकारले निशुल्क उपचार गराउन सकेको खण्डमा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ। नोट खारेजी गरि कर छलीलाई रोक्न सकेमा सरकारको आम्दानी बढ्छ। यसरि भएको आम्दानीलाई यस्तै सामाजिक क्षेत्रमा खर्च गर्न सकिन्छ। तसर्थ यसरि गरिबीलाई बढाउन सक्ने उपचार खर्चलाई रोक्नको लागि नोट खारेजी गरि सरकारको आम्दानी बढाई निशुल्क उपचारमा खर्छ गर्न सकिन्छ।
पुरा समाचार पढ्नुहोस: (Ratopati)