परीवर्तन अनुहार मात्र कि व्यवहार पनि?

लाल बिक्रम थापा राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशको महामन्त्री छन्। उनि सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उमेद्वार पनि हुन्। उनले हालैको अन्तरबार्तामा आफुहरु परिवर्तनको पक्षधर रहेको जनाएका थिए। अहिलेको युवा र जेनजी पुस्ताको मागको पक्षमा आफुहरु रहेको समेत जानकारी दिए।  साथै जनता स्कुलमा १ करोड १५ लाखमा बनेको भबनमा ८० लाख हिनामिना भएको सूचनालाई पनि खण्डन गरेका छन्। अख्तियारमा मुद्दा परेपनि सो अपराधमा आफ्नैले फ़साईएको भनेका छन्।

यसरि हेर्दा परिवर्तनका पक्षमा छु भन्नेहरुनै भ्रस्टाचारको मुद्दामा फसिनु र आफ्नो घोसणा पत्रमा समेत भ्रस्टाचार बिरुद्द ठोस ऐजेण्डा नदेखिनुले परिवर्तन नभएको जस्तो देखिन्छ। किनभने अख्तियारमा मुद्दा परेकोलाई फसाएको भन्न सकिने अवस्था छैन। जबसम्म भ्रस्टाचार गर्न कागजी नोट हुन्छ तब सम्म भ्रस्टाचार गरेको छैन भन्दा पत्याउन सकिने अवस्था छैन। नोट खारेज भएसी मात्र भ्रस्टाचारलाई हटाउन सकिन्छ। त्यसैले भ्रस्टाचार गरेको छैन भन्नलाई पहिला नोट खारेज गर्न पर्छ। जेनजीको माग पनि भ्रस्टाचारलाई निर्मुल पार्नु नै थ्यो तसर्थ यदि राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तनको पक्षमा छ भने र भ्रस्टाचार गरेको छैन भन्ने हो भने सुरुमा नोट खारेजी हुनु आवस्यक छ।

पुरा भिडियो हेर्नुहोस: (Youtube)

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ