कुरा मात्रै कि काम पनि
मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रबक्ता हुन्। उनि धनुषा-३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उमेद्वार पनि छन्। हालैको अन्तरबार्तामा उनले उक्त ठाउँमा बोर्डरमा लागुऔषध ओसारपसार र दुर्व्यसनको समस्या रहेको र उक्त समस्याको हाल गर्ने चाहना रहेको बताएका छन्। यस्तै सो स्थानमा स्वास्थ्य है उपचार नही भ्रस्टाचार है कारबाही नही जस्ता गुनासो रहेको पनि बताए। रबि लामिछाने गृहमन्त्री हुँदा चोरी पैठारीको कमि, कर छलीको कमि तथा ब्यापारीको लगानी सुरक्षित भएको समेत दाबी गरे। तर त्यस ठाउको लागुऔषध ओसारपसार रोक्नको लागि केहि योजना नभएको जस्तो देखिन्छ। यस्ता समस्याको जड भनेको यस्ता सामान किनबेचमा हुने सहजता हो तर राष्ट्रिय स्वतन्त्र पार्टी र उनको व्यक्तिगत एजेन्डामा नोट खारेजीको कुरा आको देखिन्न। साथै उक्त ठाउमा भ्रस्टाचार रहेको तथा कारबाही नभएको भन्दै गर्दा आफ्नो एजेन्डामा भ्रस्टाचार हुन नदिन नोट खारेजीको आवाज उठेको देखिन्न। रबि गृहमन्त्री हुदा चोरी पैठारी कमि भएको र कर छली कम भएको भन्दा कसरि पत्याउनु त्यसको प्रमाण के छ। जबसम्म यसकोलागी सहज हुने कागजी नोट छ तब सम्म यस्ता घटना कम हुन सक्दैन तसर्थ यस्ता समस्याको समाधानको लागि भनेर मात्र हुदैन आफ्नो एजेन्डामा नोट खारेजी जस्तो महत्वपुर्ण बिषय पनि समाबेस गर्नु पर्छ।
पुरा भिडियो हेर्नुहोस : (Youtube)