नोटले निम्त्याएको १० समाचारहरु १० फागुन २०८२, आइतवार

१. करिब ७ सय ९३ किलो गाँजासहित ५ जना पक्राउ
https://nepalpress.com/2026/02/18/694832/5-people-arrested-with-approximately-793-kg-of-marijuana/

गाँजा ओसारपसार गर्दै लागुऔषधको कालाबजारी गर्ने व्यक्तिहरुलाई कागजी नोटको कारणले गर्दा सजिलो बनेको छ। यसरी अपराधलाई सहज बनाउने कागजी नोटको प्रयोगलाई बन्देज गर्न सकेमा यस्ता अपराधिक घटनापनि आफै कम हुन्छन। तसर्थ लागुऔषध दुर्व्यासन हटाउनको लागि नोट खारेज हुनुपर्छ।

२. वैदेशिक रोजगारीको प्रलोभन देखाइ ४४ लाख बढी ठगी गर्ने ३ जना पक्राउ https://nepalpress.com/2026/02/18/694710/3-arrested-for-defrauding-over-rs-4-4-million-by-offering-foreign-employment/

नेपालमा रोजगारको पर्याप्तता नभएकोले बैदेशिक रोजगारीको लागि मान्छे हरेक हत्कण्ड अपनाउने गर्छन। यसैको फाइदा उठाउदै प्रलोभनमा पारी ठगी गर्ने धन्दा चल्ने गरेको छ। यस्ता ठगि गर्नको लागि कागजी नोटको प्रयोग गर्ने गरेको छ। यसरी कागजी नोट प्रयोग गर्दा कुनै अभिलेख नरहने भएकोले कानुनी प्रक्रियाबाट बच्न सक्छन। तसर्थ यस्ता कारोबार गर्दा डिजिटल भुक्तानी गर्न पर्छ जसको लागि कागजी नोट खारेज गर्नुपर्छ।

३. आईएमएफबाट नेपालले थप ६ अर्ब आर्थिक सहयोग पाउने बाटो खुल्यो https://www.onlinekhabar.com/2026/02/1872699/nepal-opens-the-way-to-receive-additional-6-billion-rupees-in-financial-assistance-from-imf

यसरी हरेक अन्तरास्ट्रिय संस्थाबाट सहयोग मात्र लिनाले निर्भरता बढाउछ र बाह्य हस्तक्षेप बढाउछ। यसरी अरु बाट लिने भन्दा पनि आफ्नो आम्दानी बढाउन पर्छ। बर्सेनि हुने अर्बौको कर छली रोकेर कर उठाउन सकेमा यसरि सहयोग लिराख्नु पर्दैन। यसरि करछली रोक्न डिजिटल भुक्तानीलाई अनिवार्य गरी नोट खारेजी गर्नुपर्छ।   

४. नेताहरूलाई गिज्याइरहेको कमला पुल
https://www.onlinekhabar.com/2026/02/1872008/kamala-pul-is-annoying-the-leaders

हुलाकी राजमार्गको कमला पुल मधेश प्रदेशमा चरममा रहेको भ्रस्टाचारको एउटा पात्र हो।  भ्रस्टाचारले गरेर यस्ता बिकाश निर्माणको काम समयमा सक्न सकेको छैन। यस्ता भ्रस्टाचारको प्रमुख कारक कागजी नोट हो। कागजी नोटले यस्ता भ्रस्टाचारको ढोका खोलिदिन्छ। त्यसैले, यस्ता बिकाश निर्माणको काम समयमै सक्काउन नोट खारेजी गरि डिजिटल भुक्तानी अनिवार्य गर्नुपर्छ।

५. सिरहामा स्रोत नखुलेको १४ लाखसहित एक जना पक्राउ https://www.onlinekhabar.com/2026/02/1872308/one-arrested-with-rs-1-4-million-in-undisclosed-money-in-siraha

कागजी नोटको कारणले व्यक्तिहरु करछली गर्न श्रोत नखुलाई पैसा लुकाएर राख्ने गर्छन। यस्तै विभिन्न ठाउँबाट ठगि तथा भ्रस्टाचार गरेर समेत नोट जम्मा गरेर राख्ने गर्छन। यसरि कागजी नोटको प्रयोगले यस्ता श्रोत बिनाको पैसा लुकाउन मिल्ने हुन्छ। यस्तो घटना रोक्नको लागि कागजी नोटको खारेजी आवस्यक हुन्छ।

६. खैरो हेरोइनसहित एक जना पक्राउ
https://www.onlinekhabar.com/2026/02/1872237/one-arrested-with-brown-heroin-4

लागुऔषध प्रयोग गर्नका लागि एक मात्र विकल्प कागजी नोट द्वारा हुने कारोबार हो। कागजी नोटको कारोबार गरि युवाहरु लागुऔषध दुर्व्यसनमा फस्ने गरेको छ। यसरि राज्यको मेरुदण्डलाई यस्ता दुर्व्यसनमा फस्न नदिनको लागि बेलैमा कदम चल्नु पर्ने हुन्छ। यसका लागि नोट खारेजीको विकल्प छैन।

७. साढे ११ लाख हुण्डी रकमसहित एकजना पक्राउ https://www.onlinekhabar.com/2026/02/1872202/one-arrested-with-rs-1-15-lakh-in-cash

यसरी ठुलो मात्रामा हुण्डी रकम समात्नु राज्य संयन्त्रको उपलब्धि मान्नु भन्दा पनि तयारीको कमिको रुपमा लिनुपर्छ। सरकारले समयमै निश्चित नियम कानुन बनाउन नसकेमा यस्ता हुण्डीका कारोबार अझै बढ्न सक्ने देखिन्छ। यसका लागि नेपाल सरकारले समयमै नोट खारेजीको चरणबद्व रणनीति अपनाउनु जरुरी देखिछ।

८. नक्कली नेपाली नोटका चार जना कारोबारी पक्राउ https://www.onlinekhabar.com/2026/02/1872191/four-counterfeit-nepali-currency-traders-arrested

कुनैपनि देशमा नक्कली नोट कारोबार तब हुन्छ जब त्यहाँ नोटको कारोबार बैध हुन्छ। यसरि नेपालमा पनि नक्कली नोटको बिगबिगी बढ्नुको मुख्य कारण भनेको कागजी नोटको कारोबार हुनु नै हो। कागजी नोटको कारोबार बन्द गर्ने हो र डिजिटल भुक्तानी अनिवार्य गर्ने हो भने यस्ता घटना हुन सक्दैन।

९. सप्तरीमा अपहरणमा परेकी ७ वर्षीया बालिकाको उद्धार, एक पक्राउ https://www.onlinekhabar.com/2026/02/1872087/kidnapped-7-year-old-girl-rescued-in-saptari-one-arrested

यस अपहरणको घटनाको मुख्य उद्देश्य भनेको फिरौती लिने देखिन्छ। यो उद्देश्य तब निरुत्साहित हुन्छन जब त्यहाँ कागजी नोटको बैधता हुदैन। यसरि फिरौती माग्दा डिजिटल भुक्तानी गर्नु पर्ने भएमा पैसाको ट्रयाक भएर पकडिने डरले नै यस्ता घटना हुदैन र गर्ने आँट पनि गर्दैन।

१०. मोटरसाइकल चोरेर पार्टपूर्जा बेच्ने तीन जना समातिए https://www.onlinekhabar.com/2026/02/1872066/three-arrested-for-stealing-motorcycles-and-selling-spare-parts

पाटपुर्जा बेचेर कमाइ हुने भएकोले मोटरसाइकल चोरी गर्ने तथा यसका पार्टपुर्जा निकाल्ने गर्दछन। यस्ता पार्टपुर्जा खरिद बिक्रि हुदा कागजी नोटको प्रयोग हुन्छ जसले पैसाको ट्रयाक हुदैन र घटनालाई सफल बनाउन सक्छन। तसर्थ यस्ता चोरीको समस्या रोक्नको लागि नोटको खारेजी र डिजिटल भुक्तानीको अनिवार्यता हुनु आवस्यक छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ