नोटले निम्त्याएको १० समाचारहरु ८ फागुन २०८२ शुक्रवार
१. भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढौं : रवि लामिछाने https://www.onlinekhabar.com/2026/02/1871100/lets-move-forward-against-corruption-injustice-and-discrimination-ravi-lamichhane
भ्रस्टाचार हटाउन अगी बढ्ने कुरा भासणमा मात्र आधारित भएर हुदैन। यसको लागि नीति, नियममा परिवर्तन गर्नुपर्छ। भ्रस्टाचार हुने प्रमुख कारण भनेको नगदी नोटको प्रयोग नै हो। त्यसकारण नोट खारेजी गर्ने ऐजेण्डा लिदै डिजिटल भुक्तानी प्रविधिको बिकाश गर्नुको विकल्प छैन।
२. कांग्रेसको नेतृत्वमा ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त समाज बनाउँछौं- गगन थापा https://www.setopati.com/politics/382387
भ्रस्टाचार मुक्त समाज बनाउनको लागि ५ वर्ष हैन ५ महिनाको समय पनि बढी हुन्छ। यदि गर्ने इच्छा हुने हो भने विभिन्न फेजमा गरि रणनीतिक तरिकाले ९० दिन भित्र नोट खारेजी गर्न सकिन्छ। यसले भ्रस्टाचारको कार्यलाई तुरुन्तै रोक्छ किनभने भ्रस्टाचारको प्रमुख कारण भनेकै कागजी नोट हो।
३. पूर्वमन्त्री रामकुमार श्रेष्ठको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पेसी तोकियो https://www.ratopati.com/story/545232/former-minister-ram-kumar-shresthas-corruption-case-scheduled-for-presentation-in-supreme-court
गैरकानुनी सम्पती आर्जनमा परेका पूर्व मन्त्रि श्रेष्ठ एक पात्र मात्र हुन्। यस्ता कैयेन मन्त्रीहरु यस्ता भ्रस्टाचारका मुद्दामा मुछिएका छन्। यसरि भ्रस्टाचार गरेकालाई पक्राउ गर्ने परिपाटिलाई बदलि भ्रस्टाचार गर्नै नदिने नोट खारेजी जस्ता कार्यक्रम ल्याउनु आवस्यक छ। तसर्थ भ्रस्टाचार हटाउन नोट खारेजी गर्नुको विकल्प छैन।
४. विभिन्न स्थानबाट लागुपदार्थसहित १६ जना पक्राउ https://www.onlinekhabar.com/2026/02/1871733/16-people-arrested-with-drugs-from-various-locations
हाल नेपालमा लागुऔषध ओसारपसारका घटना बढिरहेको छ। यसको प्रमुख कारण भनेको यसको किनबेच गर्न नोटले गरेको सहजता हो। यसकारण लागुऔषध ओसारपसार तथा किनबेचको सहजता हटाउन नोट खारेजी गरि डिजिटल भुक्तानी अपनाउनु पर्छ।यसले लागुपदार्थ दुर्व्यसन तथा किनबेचलाई रोक्छ।
५. एमालेको घोषणापत्र : पाँच वर्षभित्र १०० खर्बको जिडिपी, वार्षिक ५ लाख रोजगारी सिर्जना https://www.setopati.com/politics/382447
नेपालको जीडीपीको ग्रोथ बढाउनको लागि भासण भन्दा पनि कर चुहावटलाई रोक्ने कार्यक्रम ल्याउनुपर्छ। बर्सेनि अर्बौको कर चुहावटलाई रोक्न सके यसले जीडीपी बढाउन ठुलो भूमिका खेल्छ। कर चुहावट रोक्नको लागि भुक्तानी प्रणालीलाई डिजिटल बाहुन पर्छ’ जसले कारोबारको ठोस रेकर्ड राख्छ। यसका लागि नोट खारेजी गरि डिजिटल भुक्तानिलाई प्राथमिकता दिनुपर्छ।
६. ६ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर मदन गुप्ताको मुद्दा सर्वोच्चमा पेसी https://www.ratopati.com/story/545234/madan-gupta-convicted-in-6-corruption-cases-case-filed-in-supreme-court
व्यक्तिहरु पटक पटक भ्रस्टाचार गरि थुप्रै कालो धन कुम्ल्याउने काम गर्ने गरेका छन्। यसरि ६-६ वटा भ्रस्टाचारको मुद्दा पर्नुमा नेपालको नीति तथा कानुनमा भएको लुपहोललाई स्पस्ट देखाउछ। यस्ता लुपहोल मध्य नोटको कारोबार प्रमुख हो। नोटको कारोबारको कारण यस्ता भ्रस्टाचार गर्न सजिलो भैरहेको हुन्छ। तसर्थ भ्रस्टाचार हटाउन नोट खारेजी आवस्यक छ।
७. ट्राफिक प्रहरीले चोरी भएका ५३ मोटरसाइकल खोजेर धनीलाई बुझायो https://www.onlinekhabar.com/2026/02/1871656/traffic-police-recover-53-stolen-motorcycles-and-return-them-to-their-owners#
चोरी भएको समान तथा साधन कागजी नोटको कारण सजिलै बेच्न सक्ने र यस्ता किनबेचको कुनै खालको अभिलेख नहुने भएकोले समान चोरी हुन्छ। चोरी, लुटपाट तथा डकैति जस्ता घटना रोक्नको लागि ट्रयाक गर्न मिल्ने डिजिटल भुक्तानीको प्रयोग र ट्रयाक गर्न नमिल्ने कागजी नोटको प्रयोगमा रोक लगाउनु पर्छ।
८. धनुषामा १५८ मध्ये ४३ उम्मेदवारले मात्र खोले बैंक खाता https://www.ratopati.com/story/545181/only-43-out-of-158-candidates-in-dhanusha-opened-bank-accounts
उमेदवारले खाता नखोली मनपरी नोटको प्रयोग गरि चुनाब प्रचार प्रसार तथा खर्च गर्छन। यसले बराबर प्रतिस्पर्धामा रोक लगाई गणतन्त्रलाई समेत खतरामा राखेको छ। यसरि हुने पुर्बाग्रहलाई रोक्न नोट खारेजीले मात्र सम्भब छ। नोट खारेजी भएमा चुनाबी खर्च बैंक खाताबाट मात्र गर्न सकिन्थ्यो जसले पारदर्शिता तथा जबाफदेहितामा समेत मद्दत गर्न सक्थ्यो।
९. दलका घोषणापत्रमा अर्थतन्त्र : महत्त्वाकांक्षी लक्ष्य, कमजोर आधार https://www.onlinekhabar.com/2026/02/1871585/economy-in-party-manifestos-ambitious-goals-weak-foundations
सबै प्रमुख दलले फाल्गुन २१ गतेको चुनाबको लागि आफ्ना घोसणा पत्र सार्बजनिक गरेको छ। यसमा महत्वाकांक्षी लक्ष्य मात्र लिइएको छ। यसमा सबै दलले भ्रस्टाचार अन्त्य गर्ने भनेता पनि यसमा ठोस विकल्प देखाईएको छैन। कुनै पनि दलले नोट खारेजीको कुरा लाई खरो र दह्रो नउठाएकोले भ्रस्टाचार अन्त्य हुने सम्भावना देखिदैन। यसका लागि राष्ट्रिय सहमति गरि नोट खारेजी गर्नु नै उपयुक्त हुन्छ।
१०. चोरीका दुई वटा स्कुटरसहित चार जना पक्राउ
https://www.ratopati.com/story/545187/four-arrested-with-two-stolen-scooters
चोरी गरेका यस्ता भौतिक सम्पतिलाई किनबेच गर्न नोटले धेरै माद्दत गर्छ। यसरि मद्दत हुने भएकोले चोरीको बिगबिगी बढ्ने गर्छ। यसरि हुने चोरीलाई दुरुत्साहित गर्न डिजिटल पेमेन्टको अनिवार्यता हुनुपर्छ। नोट खारेजी गर्दै डिजिटल पेमेन्ट प्रणालीलाई अनिवार्य गरेमा यसरि हुने चोरी उल्लेख्य रुपमा घट्न सक्छ।